कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान

पाेखरा | असार ५, २०८०

कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान

पोखरा: कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो ।

 

अध्यक्ष विमलमान गुभाजुले पहिलो रक्तदाता जितेशमान गुमाजुलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रालिका शेयर सदस्य र कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । 

 

मानव जीवन रक्षाका निम्ती वार्षिकोत्सवमा रक्तदान प्राथमिकतामा परेको अध्यक्ष गुभाजुले बताए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन उनको भनाइ थियो । वार्षिकोत्सव अन्तर्गत नै मंगलबार पुरस्कार विरतण लगायतका कार्यक्रम हुने गुभाजुले जानकारी दिए । ‘यो सुरुवात मात्रै हो । आउने दिनमा अरु सामाजिक कामहरु पनि गर्दै जाने हो,’ उनले भने, ‘कोरोनाका समयमा राहत बाड्ने र आर्थिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो ।’


२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा र लेखनाथमा ९ वटा व्यावसायिक फर्म छन् । जसमा पोखराका विभिन्न स्थानमा सुनचाँदीका ९ वटा पसल छन् । यसबाहेक अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर र बेगनास ताल माझिकुनामा बेगनास एक्वा पार्क प्रालि सञ्चालनमा छन् । १७ जना शेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजुले जानकारी दिए । 
 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्